किन झर्किन् शुसिलसँग अशिस्मा ?

पुष १७, काठमाडौँ-अनेक प्रतिभाका धनी अजय अधिकारी ‘शुसिल’ यतिबेला युट्युबमा छाईरहेका छन् । अजय यस्ता बहुप्रतिभाशाली व्यक्ति हुन् जसले कहिले पानामा रचना सिंगार्छन् त कहिले आवाजमा । यतिबेला उनले एक गीत बजारमा ल्याएका छन् जसको भिडियो सामाजिक सञ्जाल देखी टेलिभिजनका पर्दामा उत्कृष्ट बनिरहेको छ ।

‘झर्किँदै मसँग’ बोलको उक्त गीतका सम्पूर्ण पक्षका सर्जक अजय आँफै हुन् । शब्द, संगीत तथा स्वर अजयको रहेको यो भिडियोमा नायक बनेर आँफै देखिएका छन् । अजयले यसअघि आधुनिक गीति एल्बम ‘रहर’, पुस्तकमा ‘भोगेँ, देखेँ अनि लेखेँ’ त्यस्तै उनले ‘मान्छे’ नामक चलचित्र निर्देशनको समेत तयारी गरिसकेका छन् । उनि समता स्कूलका प्रशासक समेत हुन् ।

‘झर्किँदै मसँग’को भिडियोमा अजय नायिका अशिष्मा नकर्मीको प्रेमी भएर देखिएका छन् । भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् । निशान घिमिरेको सम्पादन र अमृत सुनुवारको छायांकन रहेको छ ।