सभामुख नेम्वाङले भने ‘दलहरुले नसके म मस्यौदा तयार पार्छु’

पुष १७, काठमाडौँ-संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले शीर्ष दलका शशीर्ष नेताहरुले सहमतिमा संविधानको मस्यौदा ल्याउन नसके आफुलाई जिम्बेवारी दिए आफुले तयार पार्ने बताएका छन् । संविधानसभा कार्यव्यवस्था समितिको बैठकमा अध्यक्ष नेम्वागंले माघ ८ आउन केही दिन मात्रै बाँकीरहेकाले छिटो सहमतीमा मस्योदा दिनुपर्ने धारणा राखेका हुन् । उनले संविधानमा संविधानको व्यवस्था नभए पनि हामीले आफैले गरेको व्यवस्था हो र यसमा ठूलो नैतिक बन्धनको प्रश्न छ। त्यसैले संविधान माघ ८ गते जारी गर्नुको विकल्प नरहेको बताएका छन् ।


उनले भने संविधान बनाउँछौँ भनिरहनु भएको छ। निरन्तर भनिरहनु भएको छ। तर यो भनाई र प्रतिबद्धतालाई तपाइँहरुको व्यवहारले बोक्न सकिरहेको छैन भन्ने जनताको टिप्पणी छ। त्यसैले यसलाई व्यवहारले बोक्नु पर्‍यो भनेर मैले पृष्ठभूमिमा कुराहरु राख्दै यहाँहरुले दुई घण्टामा सहमति गर्छौं भन्नुभएको छ, त्यो धेरै भनेको धेरै समय भइसक्यो। तर अहिलेसम्म त्यो सहमति गर्न सकिरहनु भएको छैन। मेरो विचारमा तपाइँहरुले नसकेको हैन, तपाइँहरुले नगरेको हो भन्ने प्रश्न उठेको छ।

त्यहाँ प्रसंग प्रधानन्यायधीशलाई प्रधानमन्त्री बनाएको पनि उठेको थियो। त्यही प्रश्नलाई मैले जोड्दै भनें, तपाइँहरु प्रधानन्यायधीशलाई प्रधानमन्त्री एकैछिनमा बनाउन सक्नुहुन्छ, संविधानको अप्ठेरो पर्‍यो भन्दा एकैछिनमा वाधा अड्काउ फुकाएर पनि प्रधानन्यायधीशलाई प्रधानमन्त्री बनाउन सक्नुहुन्छ। यत्रो यत्रो निर्णय गर्न सक्नुहुन्छ, त्यसैले अहिलेको यो बिषयलाई दुई घण्टामा टुंग्याउन नसक्ने भन्ने होइन। तर किन टुंगिराखेको छैन।

त्यसैले यसलाई तुरुन्त टुंग्याउनु पर्‍यो। उनले थपे सक्नुहुन्छ भने तपाइहरले सहमति मस्यौदा ल्याउनु हैन भने मलाई जिम्मा दिनुस् म टुग्याउँछु । कांग्रेस, एमाले, एमाओवादी र मधेश केन्द्रित दलका मोर्चाका प्रमुखहरुसँग १७ पुसमा यस्तो प्रस्ताव राखेका हुन् । ८ माघ नजिकिदै गएका बेला सभाध्यक्ष नेम्वाङले कार्य व्यवस्था परामर्स समितिको बैठक बोलाएका थिए । बैठकको शुरुमै नेम्वाङले चार दिनभित्र सहमति कायम गर्ने वा आफुलाई मस्यौदा लेख्ने जिम्मेवारी दिनुपर्ने प्रस्ताव राखेका थिए ।