इङ्गलिस प्रिमियर लिगमा आज राती १० खेल हुने

पुष १७, काठमाडौँ-इङ्गलिस प्रिमियर लिगमा आज १० खेल हुने भएका छन् । आज राती हुने प्रतिस्पर्धामा लिग लिडर चेल्सीले सवा ११ बजे सातौं स्थानको टोटनह्याम हट्स्परसँग प्रतिस्पर्धा गर्ने भएको छ ।  चेल्सीले टोटनह्यामकै घरेलु मैदानमा प्रतिस्पर्धा गर्ने बिबिसीले जनाएको छ । बिबिसीका अनुसार लिग तालिकाको दोस्रो स्थानमा रहेको म्यानचेष्टर सिटीले आफ्नै मैदानमा राति पौने नौ बजे सन्डरल्याण्ड विरुद्ध खेल्ने छ भने तेस्रो स्थानको म्याचेष्टर युनाइटेडले बेलुकी साढे ६ बजे स्टोक सिटीसँग खेल्दैछ ।

राति पौने नौ बजे एस्टन भिल्लाले क्रिस्टल प्यालेस, हल सिटीले एभर्टन, लिभरपुलले लेस्टर सिटी, न्यूकासल युनाइटेडले बर्न्ले तथा क्वीन्स पार्क रेन्जर्सले स्वान्सी सिटीसँग खेल्दा साउथह्याम्पटनले आर्सनलसँग तथा वेष्ट ह्याम युनाइटेडले आफ्नै मैदानमा वेष्ट ब्रोमविचसँग खेल्नेछ । म्यानचेष्टर युनाइटेड ३६ अंक जोड्दै तेस्रो स्थानमा रहँदा साउथह्यामटन र आर्सनल समान ३३९३३ अंकका साथ चौथो र पाँचौ स्थानमा छन् ।