अंग्रेजी नयाँ वर्षको रौनकमा मग्न धुलिखेल

पुष १७,काठमाडौँ- नयाँ बर्षको रौनक संसारका विभिन्न पर्यटकीय स्थलमा बढीरहेका बेला नेपालमा पनि त्यसको रौनक छाएको छ । नेपालका पर्यटकीय स्थल ठमेल, पोखरा सौराहा जस्तै धुलीखेलमा पनी धुमधामका साथ मनाइदै छ । यसैबिच धुलिखेल नगरभित्र रहेका अधिकाशं ठूला तथा मझौला होटलहरु आन्तरिक तथा बाह्य पर्यकटहरुले भरिएका छन् । होटलहरुले नयाँ वर्षको अवसरमा गएराति विभिन्न साँस्कृतिक कार्यक्रमहरु समेत गरिएका छन् । क्षेत्रिय होटल संघ काभ्रेमा आबद्ध होटलहरुले अंग्रेजी नयाँ वर्षलाई लक्षित गरेर पाक्षिक तथा साप्तहिक प्याकेज बनाएर विदेशी पर्यटकहरुलाई सुविधा दिएका छन् । त्यस्तै धुलिखेलको पिक्निक पार्क, देवीस्थान डाँडा, नमोबुद्ध, पलाञ्चोक, दोलालघाट, पनौती, अनैकोट गाविसको भ्यूटावर, भकुण्डेलगायतका ठाउँहरुमा राजधानीसहित जिल्ला भित्र र छिमेकी जिल्लाका विभिन्न संघसंस्था तथा क्लबबाट पिक्निकसँगै नयाँ वर्ष मनाउन आउनेको संख्या निकै देखिएको छ । यसैबीच पनौती नगरपालिकाको लामाडोल डाँडाबाट आन्तरिक तथा बाह्य पयटर्कहरुले सन् २०१५ को पहिलो सूर्योदय अवलोकलन गरेका छन् ।