अङ्ग्रेजी नयाँ वर्ष सुरु, नेपालमा पनि यसको रौनक बढ्दो

पुष १७, काठमाडौँ- अंग्रेजी पात्रो अनुसार आजबाट नयाँ वर्ष इस्वी संवत् २०१५ शुरु भएको छ । ग्रेगोरियन पात्रोअनुसारको नयाँ वर्ष सन् २०१५ लाई आज विश्वभर विषेश हर्षोल्लासकावीच स्वागत गरी मनाउँदै छन् ।
विश्वका अधिकांश मुलुकमा यो संवत् प्रचलनमा छ । इसाइ धर्मका प्रवत्र्तक जिजस क्राइस्टको सम्झनामा उनको मृत्युपछि अनुयायीले यो संवत् प्रचलनमा ल्याइएको विश्वास छ ।
यो संवत् प्रचलनमा रहेका देशका नयाँ वर्षका अवसरमा रमाइलो तथा खुसीयाली मनाउनका लागि विभिन्न कार्यक्रम आयोजना गरिएका छन् । नेपालमा इसाइ तथा गैरइसाइले पनि इस्वी संवतको नयाँ वर्षलाई रमाइलो गरेर साथी तथा आफन्त जम्मा भई खुसीयालीका साथ शुभकामना आदानप्रदान गरी नयाँ वर्ष मनाउँछन् ।
नेपालका पर्यटकीय क्षेत्रमा सङ्घसंस्थाले विभिन्न सांस्कृतिक कार्यक्रमका साथ सडक महोत्सव गरी पर्यटकलाई खाने, बस्ने, घुम्ने कार्यक्रममा सहुलियत दिएर उनीहरूलाई नयाा वर्षमा रमाउने वातवरण बनाएको छ । अङ्ग्रेजी नयाँ वर्ष २०१५ को पुर्व सन्ध्यामा गएराती राजधानी लगायत पर्यटकीय क्षेत्रहरुमा साँस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरिएको थियो ।
राजधानीको ठमेल पर्यटन विकास परिसदले नयाँ वर्षका अवसरमा ख्याती प्राप्त कलाकारबाट सांस्कृतिक कार्यक्रम गरेको थियो । प्रस्तुति हेर्नका लागि विदेशी तथा स्वदेशी युवायुवतीको ठुलो सङ्ख्यामा भीड लागेको छ ।  ठमेलका होटल, क्याफेमा परिवार, साथीभाई एक आपसमा शुभकामना आदानप्रदान गरिरहेको देखिन्थे ।