परामर्श समितिमा सबैदलको सहभागीता सहित आज छलफल हुने

पुष १७, काठमाडौँ- संविधान लेखन प्रक्रियामा देखिएको अन्योलता र संविधानसभा बैठकमा अबको कार्यसूचि बारे छलफल गर्न हिजो बस्न नसकेको संविधानवसभा कार्यव्यवस्था परामर्श समितिको बैठक आज विहान बस्दैछ । हिजोको बैठकमा एमाले, एमाओवादी र मधेशी मोर्चाका शिर्ष नेताहरु उपस्थित नभएपछि आज विहान बस्ने गरी स्थगित भएको थियो । संविधानसभाले निर्माण गरको संविधान लेखन कार्यतालिका प्रभावित भएपछि माघ ८ मा संविधान जारी गर्न कार्यतालिकामा के कस्ता परिवर्तन गर्ने र कुन प्रक्रिया अपनाउने भन्नेबारेमा बैठकमा छलफल हुने जनाएको छ । परामर्श समितिमा सबैदलको सहभागीता रहने भएकोले संविधानसभाको विवाद बारेमा निर्णय लिन बैठकलाई महत्वपूर्ण रुपमा लिइएको छ । बैठक बिहान ९ बजे बस्ने छ ।
बैठकमा कार्यतालिकालाई संशोधनक ालागि आवश्इक बुँदाहरु निलम्बन गरेर फास्टट्रयाक विधिबाट संविधान जारीको विधिमा टुङ्गो लगाइनेबारे सहमति कायम गरिने जनाएको छ । यद्धपि यसबारेमा सत्तारुढ र प्रतिपक्षी दलहरुवीच मत भिन्नता रहेकोले सहमतिको सम्भावना भने न्यून रहेको बतइएको छ।
बैठकमा सहभागीताका लागि संविधानसभा अध्यक्ष सुभाष नेम्बाङले प्रमुख दलका शिर्ष नेताहरुलाई नै उपस्थितको लागि आग्रहगरिएको संविधानसभा सचिवालयले जनाइएको छ  ।
कार्यव्यवस्था परामर्श समितिको बैठकअघि, मंगलबार संविधासभाका अध्यष सुभाष नेम्बाङले शिर्ष दलका प्रुमख सचेतकहरुसंग छलफल गर्दै सविधान निमाृ०ामा दलहरु सहमति नभए कुन प्रक्रिया   बाट संविधान जारी गर्ने भन्ने बारेमा आफैले संविधासभामा प्रस्ताब पेश गर्ने बताउनुभएको थियो ।