कोसी अञ्चल अस्पतालमा इएनटीको इन्डोसकोपी सुरु

१६ पुस,पथरी – मोरङको ठूलो सरकारी अस्पताल विराटनगरको कोसी अञ्चल अस्पतालले नाक, कान र घाँटीको इन्डोसकोपी सेवा सुरु गरेको छ ।

स्वास्थ्य मन्त्रालयले अस्पताललाई रु १० लाख पर्ने नाक, कान र घाँटीको इन्डोसकोपी मेसिन दिएपछि सेवा सुरु गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रोशन पोखरेलले बताउनुभयो । रासस