जाजरकोट महोत्सवको अवसरमा भेरीमा याफ्टिङ सुरु

पुस १६ ,काठमाडौं – प्रथम जाजरकोट महोत्सवको अवसरमा आइतबारदेखि भेरीमा जलयात्रा सुरु भएको हो । भेरी नदीको रिम्ना बजारदेखि जगतिपुरको मटेलासम्म २० किलोमिटर दूरीमा जलयात्रा हुने गरेको छ । जिल्लाको पर्यटन प्रवद्र्धन र जलयात्रालाई व्यवसायीकरण गर्न जलयात्रा सञ्चालन गरिएको महोत्सव आयोजक कमिटीका कोषाध्यक्ष वसन्त शर्माले बताए ।

पर्यटन बोर्ड र महोत्सव आयोजक समितिको आर्थिक लगानीमा भेरी–कर्णाली एडभेन्चर प्रालि सुर्खेतले दुईवटा बोट (डुङ्गा) ल्याएर जलयात्रा सुरु गरेको हो । भेरीमा २० किलोमिटर दूरी यात्रा गर्न दुई घन्टा समय लागेको गाइड थापाले बताए । उनका अनुसार भेरीको जलयात्रा व्यवसायलाई निरन्तरता दिन सके जिल्लाको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताउँदै कोषाध्यÔ शर्माले भेरी नदीमा डोल्पाको दुनैदेखि बर्दियासम्म सहज रूपमा जलयात्रा व्यवसाय सञ्चालन गर्न सकिनेछ ।