रोगहरूको खानी हो मोटोपना : अध्ययन

पुष १६, काठमाडौं- यदी तपाई दुब्लो हुनुहुन्छ र चिन्तित हुँदै मोटाउन चाहीरहनुभएको छ भने तपाइको चिन्ता अझै बढ्न सक्छ । किनभने हालसम्म गरिएका अध्ययनले मोटोपना कुनै पनि कोणबाट राम्रो नभएको निष्कर्ष निकालेका छन् । बेलायतमा हालै गरिएको एक अध्ययनले तौल बढ्दै जाँदा ‘डाइबेटीज’ तथा ‘डाइस्लिपीमेडिया’ जस्ता घातक रोगहरू छिट्टै लाग्ने बताएको छ । मोटोपना भएपछि ब्यक्तिको बीएमआई सामन्य स्तरबाट बढ्न थाल्छ जुन घातक हुने अध्ययनले जनाएको छ । डक्टरहरूका अनुसार मोटोपनले जहाँ कयौ रोगहरू निम्त्याउने गर्दछ, त्यहिँ यो मधुमेहका लागी पनि मुख्य खतरा मानिन्छ, किनभने यसले शरीरमा रक्तप्रवाहमा निकै असर पर्दछ । जब तपाइँ पहिलेदेखिनै मधुमेहग्रस्त हुनुहुन्छ, त्यसबेला तौल घटाउन तपाइँलाइ निकै समस्या हुने गर्दछ ।

एक अनुमान अनुसार, मधुमेहका ८० प्रतिशत मामलाहरूमा मोटोपन प्रमुख कारण हुने गरेको छ । पछिल्लो दशक देखि करिब एक अरब मानिसहरू मधुमेह र मोटोपनको पकडमा आइसकेका छन । डक्टरहरूका अनुसार अनियन्त्रित मधुमेह कयौं ठुला खतराहरूलाइ लिएर आउँदछ, जस्तै, हृदयघात, दिमागी घात, अन्धोपन, फोक्सो बिग्रिनु, शरिरमा नशामा समस्याहरू जस्ता रोगहरू उत्पन्न गर्न सक्दछ, जस कारण शरीरका कयौं अंगहरू काटनु पर्ने समेत हुन सक्दछ ।

यदि महिलाको कम्मरको आकार ३५, पुरुषको आकार ४० भन्दा धेरै छ र उनीहरू मिठो कुरा खान चाहन्छन भने उनीहरूले मधुमेहको जांच अवश्य पनि गराउनु पर्दछ । यस्तो मामलामा बांझोपन निकै सामान्य कुरा हो । ७० प्रतिशत भन्दा धेरै बोंझपनको मामला समेत मोटोपन र मधुमेहका कारण हुने गर्दछ । यसका कारण सम्भोगमा समेत निकै अफ्ठ्यारो हुने गर्दछ ।