म्याग्दीमा बिम महोत्सव आजदेखि

पुष १६,म्याग्दी- म्याग्दीको बिममा आजदेखि ग्रामिण कृषि पर्यटन महोत्सव सुरु हुँदैछ । स्थानीय किसानी उच्च माविको स्वर्ण जयन्तीको अबसरमा आयोजना हुने महोत्सव पुस २२ गतेसम्म सञ्चालन हुनेछ ।

ग्रामीण कृषि पर्यटनको प्रवद्र्धन गर्दै किसानी माविमा सञ्चालित कृषि प्राविधिक शिक्षालयको स्तरउन्नतीमा सहयोग पु¥याउने उदेश्यले महोत्सव आयोजना गरिएको हो । किसानी उच्च मावि र बिम म्याग्दी युके समाजको आयोजनामा सुरु हुन लागेको महोत्सवको प्रचारप्रसार, आर्थिक संकलन, व्यवस्थापनलगायतका तयारी पुरा भएको किसानी प्राविधिक शिक्षालय बिमका प्रमुख बेगप्रसाद गर्बुजाले जानकारी दिनुभयो । महोत्सवमा उत्कृष्ट पुरस्कार राशिको महिला, पुरुष भलिबल, पुरुष बास्केटबल, दोहोरी, तारा खेल लगायतका प्रतियोगिता सञ्चालन हुनुको साथै स्थानीय लोक संस्कृतीको साथमा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने मुल संयोजक कृष्ण जुग्जालीले बताउनुभयो ।

पर्वतकै अर्को खबरमा म्याग्दीमा सञ्चालित तिन वटा अपाङ्गता स्रोत कक्षामा अध्ययनरत बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको छ । जिल्लाको पिप्ले –९ मौवाफाँटमा घर भई हाल काठमाण्डौमा बस्दै आउनुभएका समाजसेवी धर्मराज सुवेदीले तिन वटै स्रोत केन्द्रका अपांगता भएका बालबालिकाहरुलाई ७० हजार बराबरको न्यानो कपडा हस्तान्तरण गर्नुभएको हो ।