हिन्दुवादी नेतासँग भेटघाट गर्न खुमबहादुर आज भारत जाँदै

पुस १६ , काठमाडौं – नेपाली कांग्रेसका नेता तथा ‘धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दु राष्ट्र नेपाल स्थापना महाअभियान’का संयोजकखुमबहादुर खड्का आज भारत भ्रमणमा जाँदैछन् । धर्म निरपेक्षता विरुद्ध अभियान चलाउँदै आएका नेता खड्काले १५ दिने भारत बसाइको क्रमममा हिन्दुवादी नेताहरुलाई भेट्ने बताइएको छ ।

संविधानमा नेपाललाई हिन्दु राज्य उल्लेख गराउन हिन्दु अतिवादीहरु सक्रिय भैरहेकोबेला खड्काको भारत भ्रमणलाई अर्थपूर्णरुपमा लिइएको छ । खड्का परिवारका सदस्यसहित अपरान्ह तीन बजे नयाँदिल्ली जान लागेका हुन् । उनले यसलाई पारिवारिक भ्रमण भनेका छन् ।