ग्याँसको अभाव बारेमा छलफलहुने

पुष १६,काठमाडौँ- व्यवस्थापिका ससंस्दको उद्योग वाणिज्य तथा उपभोत्तःा हित सम्बन्ध समितिले देशभर बढेको ग्याँसको चरम अभावको बारेमा आज उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री सुनिल बहादुर थापासंग छलफल गर्दैछ । अन्तराष्टिय बजारमा इन्धनको मुल्यमा गिरावट आएपनि नेपालमा ग्याँसको अभाव चरण रुपमा बढेपछि ग्याँस आपूर्ती बारे सकारको तयारुी बारेमा बुझ्न समतिले आज आपूर्ती मन्त्री थापालाई बोलाएको हो । बैठकमा ग्याँस अभाव हुनुको कारण र आपूर्ती सहज बनाउन अपनाउने बाटोको बारेमा सोधपुछ गरिने समिति सदस्यले जनाएका छन् ।