आज ३९ औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवस

पुष १६,काठमाडौँ- नेपाली कांग्रेसले ३९ औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाउदै छ । ३८ वर्षअघि नेता विपी कोइरालाले राष्टिय मेलमिलापको नारा लिएर भारत निर्वासबाट स्वदेश फर्किएको दिनलाई सम्झेर राष्टिय मेलमिलाप दिवश मनाउदै आएको छ ।

दिवशको असवरमा काँग्रेसले आज विहान सभापति एवं प्रधानमन्त्री सुशील कोइरालाको उपस्थितिमा एक कार्यक्रमको आयोजना गरेको छव । यस्तै बिपी चिन्तन प्रतिष्ठानले पनि दिउसो वर्तमान सन्दर्भमा राष्टिय मेलमिलाप विषयक अन्तरक्रिया कार्यक्रम आयाजना गरेको छ ।