आज केही हुन्छ की

पुष १६,काठमाडौँ- संविधास निर्मााण कार्यतालिका संशोधन बारे छलफल गर्न संविधानवसभा कार्यव्यवस्था परामर्श समितिको बैठक आज बस्दैछ । संविधानसभाले निर्माण गरको संविधान लेखन कार्यतालिका प्रभावित भएपछि माघ ८ मा संविधान जारी गर्न कार्यतालिकामा के कस्ता परिवर्तन गर्ने हो भन्नेबारेमा टुङ्गो लगाउन समतिको बैठक बोलाएको संविधानसभा सचिववालयले जनाएको छ ।
बैठकमा कार्यतालिकालाई संशोधन गरेर धेरै जसो बुँदाहरुलाई निलम्बन गरेर फास्टट्रयाक विधिबाट संविधान जारीको विधिमा टुङ्गो लगाइनेबारे सहमति कायम गरिने जनाएको छ ।

बैठकमा प्रमुख दलका शिर्ष नेताहरुलाई समेत उपस्थितको लागि आग्रहगरिएको जनाइएको छ ।
कार्यव्यवस्था परामर्श समितिको बैठकअघि, हिजो संविधासभाका अध्यष सुभाष नेम्बाङले शिर्ष दलका प्रुमख सचेतकहरुसंग छलफल गर्दै सविधान निमाृ०ामा दलहरु सहमति नभए कुन प्रक्रिया बाट संविधान जारी गर्ने भन्ने बारेमा आफैले संविधासभामा प्रस्ताब पेश गर्ने बताउनुभएको थियो ।