१० रुपैयाँले बढ्यो दूधको मुल्य

पुष १५,काठमाडौँ- दुग्ध विकास संस्थान डिडिसीले दूधको मूल्य बुधवारदेखि लागू हुने प्रतिलिटिर १० रुपैयाँ वृद्धि गरेको छ। संस्थानको मंगलबार बसेको सञ्चालक समितिको बैठकले स्ट्यान्डर्ड दूध ‘नीलो प्याकेट’को मूल्य प्रतिलिटर ८ रुपैयाँ बढाउँदै ६४ रुपैयाँ पुर्‍याएको छ।

यसैगरी गाईमा ८ रुपैयाँ वृद्धि गर्दै प्रतिलिटर ७२ रुपैयाँ पुर्यााइएको छ भने फ्याटयुक्त दूध ‘हरियो प्याकेट’ प्रतिलिटर ८० रुपैयाँ पुगेको छ। यसअघि यो दूध प्रतिप्याकेट ३५ रुपैयाँ पर्थ्यो।दूग्ध उत्पादन गर्ने किसानको लागत खर्च बढेको दूधको भाउ बढाएको डिडिसीका महाप्रबन्धक गंगा तिम्सिनाले जनाए। यो मूल्यको ६९ प्रतिशत रकम सिधै किसानसम्म पुग्ने उनले बताएका छन्।