अध्यक्ष दाहाल र नेता नेपालले गरे गोप्य बार्ता

पौष १५, काठमाडौं -एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डल र नेकपा एमालेका नेता तथा पुर्व प्रधानमन्त्री  माधवकुमार नेपालबीच आज गोप्य भेटवार्ता भएको छ । लाजिम्पाटस्थित दाहाल निवासमा  भएको भेटमा दुबै नेताबीच करिब डेढ घन्टा कुराकानी भएको थियो । नेपालनिकट स्रोतका अनुसार संविधान लेखनका विषयमा नेताद्धयबीच छलफल भएको थियो । नेता नेपालले संविधानका विवादित विषयमा सहमति हुन नसके संविधानमा फरक मत राखेर भएपनि अगाडि बढ्न दाहालसँग आग्रह गरेका थिए । दाहालले भने सहमतिकै आधारमा संविधान जारी गर्दा दीगो हुने धारणा राखेका बताइएको छ ।