आलोकको अन्तिम चलचित्रको ट्रेलर र पोष्टर रिलिज

काठमाडौँ- स्व निर्देशक आलोक नेम्वांङ्को निर्देशनमा बनेको चलचित्र अझै पनिको फष्टलुक पोष्टर र ट्रेलर रिलिज भएको छ । आज राजधानीमा एक कार्यक्रमका विच चलचित्रको फष्टलुक पोष्टर र ट्रेलर रिलिज गरिएको हो । उक्त कार्यक्रममा बोल्दै चलचित्रकी निर्मात्री पुनम गौतमले चलचित्र अझै पनि अहिलेको समाजलाई सुहाउदो चलचित्र बनेको दाबी गरेकी छिन् । त्यस्तै चलचित्रका नायक तथा निर्माता सुदर्शन थापाले चलचित्र अझै पनि आम दर्शकको लागी बहुप्रतिक्षित चलचित्र रहेको बताए ।
त्यस्तै चलचित्रलाई शुभकामना मन्तब्य दिदैं चलचित्र विकाश बोर्डका सदस्य सुरेशदर्पण पोखरेल, चलचित्र पत्रकार संघका अध्यक्ष शान्ति प्रिय, चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई, निर्माता प्रदिप उदय लगायतका व्यक्तिहरुले चलचित्र अझै पनि सबैका लागी विषेश चलचित्र रहेको बताएका छन् । स्वर्गीय आलोक नेम्वाङको अन्तिम चलचित्र भएका कारण पनि यस चलचित्रलाई सबैले एक पटक हेर्नु पर्ने तर्क राखेका थिए । काठमाडौं भित्र दर्शना आर्टस्ले वितरण गर्न लागेको चलचित्र अझै पनिलाई उपत्यका बाहिर निर्माता प्रदिप उदयले वितरणको जिम्मा लिएका छन् ।