भारती कप्तान धोनीले लिए टेस्ट क्रिकेटबाट सन्‍यास

पुष १५,काठमाडौँ-भारतीय क्रिकेटर महेन्द्रसिंह धोनीले टेस्ट क्रिकेटबाट सन्‍यास लिएका छन्। अस्‍ट्रेलिया विरुद्ध तेस्रो टेस्‍टपछि धोनीले सन्‍यासको घोषणा गरेका हुन्। उक्त खेल बराबरीसँगै भारतले चार खेलको श्रृंखलामा एक खेल्‍न बाँकी रहँदा गुमाउने निश्चित भएको थियो। अब अस्‍ट्रेलिया विरुद्धको चौथो टेस्टको कप्‍तानी बिराट कोहली गर्ने भएका छन्। धोनी क्रिकेट खेलेर कमाउने खेलाडीको सुचीमा अगाडी छन् ।