प्रचण्डको देश टुक्र्याउने प्रपञ्च धेरै टिक्दैन : अध्यक्ष ओली

पुष १५,काठमाडौँ-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा मोओवादीका अध्यक्ष प्रचण्डले विभिन्न बहानमा नेपाली जनतालाई झुक्याइरहेको आरोप लगाएका छन् । अध्यक्ष ओलीले आज सुनसरीमा बोल्दै अध्इक्ष  प्रचण्डले विभिन्न् बहानामा कहिले कोसँग मिसिएिर त कहिले कोसँग मिसिएर मुलुक टुक्र्याउन खोजे पनि उनको प्रपञ्च अब धेरै दिन नटिक्ने बताए । नेकपा ९एमाले० सुनसरीले आयोजना गरेको दुई दिने पार्टी शुद्धीकरण, सुदृढीकरण अभियान, प्रशिक्षक प्रशिक्षण तालिमको उद्घाटनपछि सो प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदा सो कुरा बताएका हुन् ।

विश्वकै सबैभन्दा प्राकृतिक सम्पदाले सुन्दर अनि पुर्खाको तपोभूमिका रुपमा रहेको र विश्वमा नै नभएका जडीबुटी एवम् जलसम्पदाले सम्पन्न तथा विश्वकै शीर ९हाइट० भएको सगरमाथा र विश्वकै ज्योती ९लाइट०का रुपमा रहेका भगवान गौतम बुद्धको देश नेपाललाई विश्वसामु समृद्ध बनाउन जरुरी रहेको पनि अध्यक्ष ओलीले स्पष्ट पारे ।

वैज्ञानिक सिद्धान्तका कुरा गर्ने र व्यवहारमा चाँही उट्पट््याङ काम गर्दै देशलाई जातीय र क्षेत्रीय विभाजनको सङ्घारतिर लैजाने  र नेपाली समाजबीच सदियाँैदेखि स्थापित भएको सामाजिक सद्भाव खल्बल्याउने विरुद्ध सशक्त वैचारिक बहस गर्नुपर्ने आवश्यकताका कारण नेकपा ९एमाले०ले  पार्टीका सबैका लागि प्रशिक्षण आयोजना गरेको  पनि अध्यक्ष ओलीले खुलासा गरे ।

अध्यक्ष ओलीले धेरै पछाडि फर्केर जातीय वा क्षेत्रियताका आधारमा देशलाई विभाजित गरेर छिमेकी छिमेकीबीच जातीय विद्धेष फैलाउनेविरुद्ध गहन बहस चलाउनका लागि पनि प्रशिक्षण जरुरी रहेको र त्यस विरुद्ध सशक्त जवाफ दिन कार्यकर्ता सशक्त हुनु पर्ने बताए ।

सानो मुलुृक रुवान्डामा जातीय विद्धेष फैलाएर लाखौं मानिसको नरसंहार भएझैँ नेपालमा पनि जातीय, क्षेत्रीय र भौगोलिक विभाजनको विष रोपेर एक नेपालीले अर्को नेपालीको नरसंहार गर्ने कुटिल राजनीतिक षड्यन्त्र नेपालीको हितमा नहुने भएकाले त्यसलाई चिर्नका लागि अहिलै सचेत भएर लाग्न जरुरी रहेको पनि अध्यक्ष ओलीले स्पष्ट परे ।
पुष १५,काठमाडौँ

भारतीय क्रिकेटर महेन्द्रसिंह धोनीले टेस्ट क्रिकेटबाट सन्‍यास लिएका छन्। अस्‍ट्रेलिया विरुद्ध तेस्रो टेस्‍टपछि धोनीले सन्‍यासको घोषणा गरेका हुन्। उक्त खेल बराबरीसँगै भारतले चार खेलको श्रृंखलामा एक खेल्‍न बाँकी रहँदा गुमाउने निश्चित भएको थियो। अब अस्‍ट्रेलिया विरुद्धको चौथो टेस्टको कप्‍तानी बिराट कोहली गर्ने भएका छन्। धोनी क्रिकेट खेलेर कमाउने खेलाडीको सुचीमा अगाडी छन् ।