प्रधानमन्त्री कार्यालयमा एकै दिन १९ लाखको बिल पेश,खाजा खर्च मात्रै साडे २ लाख

पुष १५,काठमाडौँ- प्रधानमन्त्री कार्यालयमा एकै दिन भुक्तानीका लागि १८ लाख ९५ हजार २ सय ९५ रुपैयाको बिल पेश भएको छ । सोमवार प्रधानमन्त्री कार्यालयलाई प्राप्त भएका बिलहरु मध्ये प्रधानमन्त्री निवास वालुवाटारमा बिभिन्न मितिमा बसेको बैठकको खाजा खर्च भन्दै २ लाख ४९ हजार १ सय ६४ रुपैयाँको बिल भुक्तानीका लागि पेश भएको छ । बुद्धनारायण खाद्यान्न सप्लार्यस प्रालीले भुक्तानी पाउने गरि सो बिल प्रधानमन्त्री कार्यालयमा पेश भएको हो । त्यसै गरि विश्व मानव अधिकार दिवसको उपलक्ष्यमा आयोजित जलपान समारोहको खर्च भन्दै बुद्धनारायण खाद्यान्न सप्लायर्सले नै भुक्तानी पाउने गरि ५ लाख ५१ हजार चार सय ८ रुपैयाको बील पनि सोमवार नै प्रधानमन्त्री कार्यालयमा पेश भएको छ । यी दुवै खर्चलाई विविध शिर्षकमा राखिएको छ ।

त्यसैगरि मेशिनरी औजार शिर्षकमा खर्च देखिने गरि सर्भर सेट खरिद खर्चको नाममा रेडियन्ट ग्रुप प्रालीले भुक्तानी पाउने गरि २ लाख ७२ हजारको बिल सोमवार प्रधानमन्त्री कार्यालयमा पेश भएको छ । मेशिनरी औजार शिर्षकमा नै पानसोनिक EPABX system जडान खर्च भनेर ग्लोबल लिंक टेक्नोलोजी प्रालीले भुक्तानी पाउने गरि एक लाख ३६ हजार ५ सय ४ रुपैयाको बिल प्रधानमन्त्री कार्यालयमा पेश भएको छ । 23″ Dell Slim LED Computer screen खरिद ग्लोबल लिंक टेक्नोलोजी प्रालीले भुक्तानी पाउने गरि ३६ हजार ९ सय ५१ रुपैयाको बिल पेश गरेको छ । यसै गरि कार्यालयलाई आवश्यक सामान खरिद भन्दै त्रिुयुगा इन्टरप्राइजेजले भुक्तानी पाउने गरि चार लाख ४६ हजार ७ सय ६८ रुपैयाको बिल पेश भएको छ । तर के सामान खरिद गरेको भन्ने बारेमा चाँही उल्लेख गरिएको छैन् ।

कार्यक्रम शिर्षकमा रुपन्देही र कञ्चनपुर जिल्लामा मानव अधिकार तथा लैंगिक हिंसा सम्बन्धी अभिमुखीकरण कार्यक्रम संचालनको लागि पेश्की उपलब्ध गराएको भन्दै शाखा अधिकृत सुमना अर्यालले भुक्तानी पाउने गरि ४२ हजार पाँच सयको बीच पनि सोमवार नै पेश भएको छ । त्यसैगरि नेपालगंज र धनगढीमा ग्एच् सम्बन्धी प्रारम्भिक मस्यौदा उपर अन्तर्क्रिया कार्यक्रम संचालनको लागि पेश्की दिएको भनि नायब सुब्बा द्रोणकुमार तिम्सिनाले भुक्तानी पाउने गरि एक लाख ६० हजारको बील प्रधानमन्त्री कार्यालयमा पेश भएको कार्यालयको वेभसाइटमा उल्लेख छ ।