पुसे १५ मा मग्न सुदूरपश्चिम

पुष १५,काठमाडौँ-चाडपर्व र रितीरिवाजले विश्वमै धनी मुलुक नेपाल । जसमा हरेक साता जसो नै कुनै न कुनै पर्व परेकै हुन्छ । यसैबिच आज पनी पषे १५ मुलुकका विभिन्न स्थानमा मनाइदैछ । जसमा सुदूरपश्चिमका जनताले विशेष रुपमा मनाउने गर्छन् । सुदुरपश्चिमका मौलिक पर्व मध्येको एक पर्वका रुपमा मनाइने पुस १५ को रात वर्र्षभरीकै लामो हुने जनबिश्वासका साथ रातभर जागराम बसी रमाईलो गर्ने चलन छ । आजको रातमा ठूलाबडाहरुबाट कथा, सुक्तिका साथै दन्तेकथाहरु समेत सुन्ने चलन रहि आएको छ । यसैगरी पुस १५ मा बिभिन्न मीठामीठा परिकारका साथै बिशेष गरि तरुलहरु पकाएर खाने चलन रहेको पाइन्छ । कतै कतै आजका दिन सबै परिवार एक ठाउमा जम्मा भएर चामल, मासको पिठो घीउमा मिचेर बनाईएको भुच्चाने रोटी बनाएर खाने समेत प्रचलन छ ।