पोखरेली दर्शकलाई गजुुरेलले पेट मिचिमिच हँसाए

पुष १५,पोखरा-पर्यटकिय नगरि पोखराको पर्यटकिय क्षेत्र लेकसाइडमा अंगे्रजी नयाँ वर्ष २०१५ का अवसरमा रेवान पोखराद्धारा आयोजीत १६ औं संस्करणको पोखरा सडक महोत्सव आज पनि जारी रहेको छ । सडकमै खाउँ सडकमै नाचौ भन्ने मुल नारासहित आयोजित पाँचदिने महोत्सवमा सडकमा विभिन्न खानाका परिकार, सडकमै लाइभ कन्सर्ट, साँस्कृतीक कार्यक्रम तथा मनोरञ्जनात्मक खेलकुदका प्रतियोगिताहरु समावेश गरिएका छन् ।

महोत्सवमा आज विभिन्न साँस्कृतीक एवं खेलकुदका कार्यक्रमहरु सम्पन्न भएका छन् । महोत्सवको मुख्य केन्द्र बसुन्धरापार्कमा हास्य कलाकार मनोज गजुुरेलको प्रस्तुतीमा दर्शक पेट मिचिमिच हाँस भने सम्झना लामिछाने मगरले दर्शकलाई नचाएकी छन् । त्यसैगरि प्रजापति पराजुली, कृष्ण देवकोटा, जीवन दाहालको प्रस्तुतीमा पनि दर्शक झुमेका थिए ।

राति द इलेक्ट्रीक व्याण्ड र सविन राई तथा स्थानिय व्याण्डहरुको प्रस्तुतीमा दर्शक रमे भने लक्ष्य व्याण्डले खहरेचोकमा लाइभ कन्सर्ट गरेको थियो भने टि–टाइम अगाडी राम लामाको साँस्कृतीक समुहले सडकमा मनोरञ्जन प्रदान गरेको थियो । महोत्सवमा भोली पशुुपति शर्मा मुख्य आकर्षणको रुपमा रहेन छन् भने राति एक्स व्याण्डको लाईभ कन्सर्ट रहने छ ।  पोखराको लेकसाईड झिलिमिलि संगै महोत्सवमय बनेको छ । रंगिविरंगि ध्वजापताकाले लेकसाईड क्षेत्रको सडक सजाईएको छ ।