निष्कर्षविहीन भयो चार दलको छलफल, पक्रियाबाटै संविधान जारी हुने संकेत

पुष १४, काठमाडौ – संविधानका विवादित मुद्दामा सहमति खोज्ने कि प्रक्रियाबाटै तोकिएको समयसीमा माघ ८ मा संविधान जारी गर्ने भन्ने विषयमा चार राजनीतिक शक्तिका मुख्य नेताबीच भएको भएको छलफल विना सहमती सकिएको छ । बालुवाटारमा भएको छलफलमा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री सुशील कोइराला, नेकपा–एमालेका अध्यक्ष केपी शर्मा ओली, एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र मधेसी मोर्चाका संयोजक विजयकुमार गच्छदार बैठकमा सहभागी हुनुभएको थियो । छलफलबाट कुनै निकास नआए पनि वार्ता सकारात्मक रहेको नेताहरुले जानकारी दिनु भएको छ । शिर्ष तहमै बुधबार फेरि छलफल गर्ने तय भएको छ । यसअघि दोस्रो तहका नेताहरुलाई पनि राखेर आज बिहानै एकपटक छलपलल भएको थियो । उहाँहरु बालुवाटारबाट बाहिरिएपछि शिर्ष नेतामात्र छलफल रहनु भएको थियो । ठूलो समुहमा भएको छलफलपछि एमाले नेता झलनाथ खनालले संविधानमा सहमति पहिल्याउने जिम्मा शिर्ष नेतालाई नै दिइएको जानकारी दिनु भएको थियो ।उहाँले अब दलहरु सामु प्रक्रियामा गएर संविधान जारी गर्नुको विकल्प नरहेको बताउनु भएको छ ।

यसअघि, हिजो बसेको बैठकमा चार दलिय कार्यदलले संविधानका विवादित मुद्धामा कुरा मिलाउन नसकिएको भन्दै शिर्ष नेतालाई नै सहमतिको जिम्मेवारी लिन सिफारिस गरेको थियो । एकीकृत माओवादी र मधेसी दलहरु प्रस्तावमा टसकामस नभएपछि सहमतिको सम्भावना टर्दै गएको सत्तापक्षकाके आरोप रहेको छ । दलहरुबीच नयाँ संविधानमा कस्तो संघीयता, शासकीय स्वरुप, निर्वाचन र न्याय प्रणालीको व्यवस्था गर्ने भन्नेमा मतान्तर रहेको छ ।