मृगौला दान गर्नेमा ८० प्रतिशत महिला

पुष १४, काठमाडौ – मानव अंग प्रत्यापोण केन्द्र भक्तपुरले मृगौला दान गर्नेपुरुषका विरामीलाई उपचार खर्चमा ५० हजार रुपैँया छुट दिन शुरु गरेको छ । अस्पतालको तथ्याँकमा अहिले सम्म मृगौला दान गर्नेहरुमा ८० प्रतिशत महिला रहेको भन्दै पुरुषहरुमा समेत मृगौला दान गर्न प्रेरित गर्न असपतालले छुट दिने व्यवस्था गरेको जनाएको छ । प्रत्यारोपणमा केन्द्रका निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले मृगौला दान गर्ने मध्ये ८० प्रतिशत महिला र २० प्रतिशत मात्रै पुरुष रहेको बताउँदै यसमा पुरुषको संख्या बृद्धि गर्न केन्द्रले उपचार खर्चमा लाग्ने रकम मध्ये ५० हजार रुपैया छुट दिन सुरु गरेको बताउनुभएको छ । केन्द्रमा अहिलेसम्म ४८ जना पुरुष र ८ जना महिला गरि ५६ जनाको सफल मृगौला प्रत्यारोपन गरिएको तथ्याँक रहेको जानकारी दिँदै मृगौला दान गर्ने ४३ जना महिला र १३ जना मात्र पुरुष रहेको श्रेष्ठले जनाएको हाम्रा सहकर्मी पुष्कर बुढाथोकीले जनाएका छन् ।

यसमा पनि पुरुषले पुरुषलाई मात्रै दिएको र पुरुषले महिलालाई दिएको एक जना मात्रै रहेको छ । केन्द्रमा दुईसाता अघि दाजु सुधिर श्रेष्ठले बहिनी जरिना श्रेष्ठलाई मृगौला दान गरेपछि उपचारमा लाग्ने रकम मध्ये ५० हजार रुपैया बराबर छुट दिने अभियान सुरु गरेको हो । केन्द्रमा मृगौला प्रत्यारोपणका लागि उपचार खर्च करिब रु. ३ लाख ५० हजार लाग्ने गर्दछ । जस अन्र्तगत पुरुषले महिलालाई मृगौला दान दिएमा केन्द्रले रु.२५ हजार र आरोग्य फाउण्डेसनले रु.२५ हजार ब्यहोर्नेगरि ५० हजार बराबरको रकम छुट दिने व्यबस्था गरेको हो ।