चीनसँग भएको समझदारीले नेपालको सञ्चार क्षेत्रमा ठूलो सहयोग पुग्ने

पुष १४, काठमाडौ- नेपाल र चिन सरकारबीच सञ्चार आदानप्रदान तथा सहयोग सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । सरकारका सुचना तथा सचांर मन्त्री डा मिनेन्द्र रिजालले चिनि भ्रमणका क्रममा सो समझदारी पत्रमा हस्ताक्षर भएको जानकारी दिनु भएको छ । उहाँले समझदारी पत्रमा हस्ताक्षर पछि नेपाली संचार क्षेत्रमा ठुलो सहयोग पुग्ने बताउनु भएको छ । चीनको साताव्यापी भ्रमण पश्चात् आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री रिजालले चिनका राज्य परिषद् सूचना मन्त्रालयका मन्त्री काई मिङझाओबीच सूचना प्रविधिको क्षेत्रमा पारस्परिक सहयोग अभिवृद्धि गर्ने तथा दुईपक्षीय चासोका सञ्चारसम्बन्धी विषयमा सहकार्य गर्न सो समझदारी भएको स्पष्ट पार्नु भएको छ ।

समझदारी पत्रमा हस्ताक्षर पश्चात् नेपाल र चीनबीच पत्रकारिता, सूचना समाचार, पत्रकार, अध्ययन, सरकारी प्रतिनिधिलगायतबीचमा सहयोगको आदानप्रदान हुने र यसले नेपालको सम्पूर्ण सञ्चार क्षेत्रको गुणस्तरीयतामा योगदान पुग्ने सञ्चार मन्त्रीले विश्वास व्यक्त गर्नु भएको छ । मन्त्री रिजालले नेतृत्व गर्नुभएको टोलीले चिनियाँ अधिकारीसँगको वार्तापछि उक्त समझदारीपत्रमा मन्त्री रिजाल र उहाँका चिनियाँ समकक्षी काईले हस्ताक्षर गर्नुभएको छ ।