काठमाडौमा चरासँग ठोक्कीएको जेट एयरको विमान

पुष १४, काठमाडौ – मुम्बईबाट काठमाडौं आउँदै गरेको जेट एयरको विमान मध्इान्ह १२ बजे ल्याण्ड गर्ने क्रममा चरासँग ठोक्कीएपछि विमानमा आगलागी भएको छ । विमान स्थल नजिकै कोटेश्वरको आकाशमा विमानमा चरा ठोक्एिपछि आकस्मिक अवतरण गराइएको त्रिभुवन विमानस्थलका सहायक महाप्रवन्धक वीरेन्द्र श्रेष्ठले् जानकारी दिए । श्रेष्ठका अनुसार विमान सकुशल अवतरण भएको र यात्रुहरु विमानबाट ओर्लिएका छन् । प्रत्यक्षदर्शीहरुका अनुसार दिल्लीबाट काठमाडौं आएको जेट एयरवेजको जहाज इमर्जेन्सी ल्याण्ड गरिएकाले कुनै क्षति हुन नपाएको हो ।
यसअघि प्रहरीले प्रारम्भिक जानकारीका आधारमा इञ्जिन तातेर आगो लागेको बताएको थियो । महाप्रवन्धक श्रेष्ठले विमानको बायाँ इन्जिनमा चरा ठोक्किएको बताए । विमानका बारेमा थप जानकारी आउन बाँकी छ ।