स्वास्थ्य चौकी जान स्थानीयले बाटो खने

पुष १४,काठमाडौँ-हिजो आज हरेक क्षेत्रमा स्थानीय जागरुकता बढेको छ । गाउँ होस वा शहर जनता आफ्नो स्वास्थ्य प्रति जागरुक छन् । उपचार गर्न केही असहज भएपछि दार्चुलाको सर्मोलीका स्थानियले आफ्नै पहलमा बाटो निर्माण गरेका छन् । प्रसुति हुने महिलाहरुका लागि बाटो धेरै नै असजिलो भएकाले सर्मोलिस्थीत मालिकार्जुन शान्ति युवा क्लबको पहलमा ९ सय मिटर बाटो निमाण गरिएको हो । पहिले त्यस क्षेत्रमा सुरक्षित प्रसुति केन्द्र नभएपनि अब सर्मोलीमा रहेको स्वस्थ्य चौकीमा प्रसुति केन्द्र बन्न लागेकाले बाटो निर्माण गरीएको बताइन्छ ।