सोलुमा उपभोग्य वस्तु बढ्नुकाको कारक पुल

पुष १४, सोलुखुम्बु-उद्योग वाणिज्य संघ सोलुखुम्बुले उपभोग्य वस्तुको मुल्य घटाउने निर्णय गरेको छ । उदयपुर र ओखलढुंगा जोड्ने सुनकोशी नदिको पुल सञ्चालनमा आएसँगै ढुवानी सस्तो भएपछि उपभोग्य वस्तुको मुल्य घटाइएको उद्योग वाणिज्य संघ सोलुखुम्बुले जनाएको छ । हलुका वस्तुको ५ र वजनदार वस्तुको २ प्रतिशतले मुल्य घटाउने निर्णय गरिएको संघले जनायो । राजधानी र तराई हुँदै सोलुखुम्बु भित्रने हरेक सामग्री भरियामार्फत सुनकोशी तार्नुपर्दा यसअघि किलो ८ रुपैँयासम्मका दरले मुल्य वृद्धि हुने गरेको थियो । पुस ७ गतेदेखि पुल सञ्चालनमा आएपछि सामान ढुवानीमा सहज र सुलभ भएको व्यापारीहरुले बताएका छन् । प्रत्येक पसलमा नयाँ मुल्य सुची राखेकाले उपभोक्तालाई सचेत हुन पनि आग्रह गरिएको छ । यसैबीच, सोलुखुम्बु सदरमुकाम सल्लेरीबाट काठमाण्डाँै आउन जान लाग्ने भाडा पनि घटेको छ । पुल सञ्चालनपछि राजधानीसम्म सिधा यातायात सञ्चालन हुन थालेपछि यसअघिको भाडादरमा ५ सय रुपैँया घटाइएको सल्लेरी यातायात व्यवसायी संघले जनाएको छ ।