भारोत्तोलन टोली दोहा जाने

पुष १४, काठमाडौ- कतारको दोहामा आजदेखि शुरु हुने दोहा इन्टरनेशनल वेटलिफ्टीङ्ग कपमा भाग लिन नेपाली भारोत्तोलन टोली त्यसतर्फ जाँदैछ । प्रतियोतिमा पुकार गुरुङ्गले १०५ केजी तौल समूहमा प्रतिस्पर्धा गर्ने नेपाल भारोत्तोलन संघका महासचिव पार्थ सारथी सेन गुप्तले जानकारी दिनुभयो ।

गुरुङ र उहाँका प्रशिक्षक आज मध्यान्ह दोहा प्रस्थान गर्ने गुप्तले बताउनुभयो । यसैबीच प्रतियोगिताकै क्रममा हुने ईलेक्ट्रल कंग्रेसमा सहभागी हुन नेपाल भारोत्तोलन संघका अध्यक्ष रतनकुमार टन्डन, महासचिव पार्थसारथी सेन गुप्त पनि त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । कंगे्रसमा सन् २०१५ को जुलाई २० देखि ३० सम्म नेपालमा आयोजना हुने एशियन भारोत्तोलन च्याम्पियनसिपका बारेमा समेत छलफल हुने महासचिव गुप्तले सीआईएनलाई जानकारी दिनुभयो ।