सौराहा जारी चितवन हात्ती महोत्सवमा आज पनि विभिन्न खेल हुदै

पुष १४, काठमाडौ- पर्यटकिय नगरी सौराहा जारी चितवन हात्ती महोत्सवमा आज पनि विभिन्न खेल हँुदैछ । हात्ती दौड अन्र्तगत आज समुह बी को सेमीफाईनलमा हुनेछ । आजको दौडबाट ६ वटा मध्ये ३ वटा हात्ती फाईनलमा प्रवेश गर्नेछ । यसअघि हिजो समुह ए बाट तीन वटा हात्ती फाईनलमा प्रवेश गरिसकेका छन् । समुह बीबाट फाईनल प्रवेशका लागि लक्ष्मीकली ए, लक्ष्मीकली वि, व्युटीकली, सुरजकली, लक्कीकली रानीमायाकलीबीच प्रतिस्पर्धा हुनेछ । महोत्सवअन्र्तगत आज टाँगा र गाडा दौडको फाईनल खेल हुनेछ । उपाधिका लागि ६÷६ वटा टाँगा र गाडाबीच प्रतिस्पर्धा हुने आयोजक क्षेत्रिय होटल संघ सौराहाका सचिव दामोदर रेग्मीले जानकारी दिनुभयो । आजै हात्तीका छावाहरुबीचको फुटबलको तेश्रो स्थानका लागी सिजी फुड्स र टान नेपाल भिड्नेछन् । उपाधिका लागि भने भोलि प्रभु बैंक र ग्राण्डी हस्पिटल भिड्नेछन् ।

यसैगरी महोत्सवको आकर्षणको रुपमा रहेको हात्ती सुन्दरी प्रतियोगिताको उपाधिको छिनोफानो पनि आजै लाग्दैछ । उपाधीका लागि युनाईटेड हात्ती सहकारीको पिङकीकली, पुष्पाकली र प्रकृतिकली प्रतिस्पर्धामा छन् । हात्तीको अनुसासन, आनीवानी, नङ, आँखामा गाजल लगाएको नलगाएको, हिडाई, माउतेको लवाई, उमेरका आधारमा सुन्दरी छुट्याईने नजिता प्रकासन उपसमिति संयोजक ऋषी तिवारीले जानकारी दिनुभयो । महोत्सवअन्र्तगत आज भद्रगोल टेलिश्रृङ्खलाका कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ ।