त्रिविको ४० औं दिक्षान्त समारोह आज

पुष १४, काठमाडौ- त्रिभुवन विश्व विद्यालयको ४० औं दिक्षान्त समारोह राजधानीमा आज आयोजना हुँदै छ । समारोहमा ८ हजार विद्यार्थिहरु सहभागि हुने भएका छन् । एक वर्षमा ट्रन्सक्रीप्ट लिएका झन्डै ५४ हजार विद्यार्थि दिक्षान्तका लागी योग्य भए पनि आज हुने समारोहमा ७ हजार ९ सय ३८ विद्यार्थि मात्र सहभागि हुने भएका छन् ।

त्रिवि परिक्षा नियन्त्रण कार्यालयका सहनियन्त्रक शंकर भण्डारीका अनुसार आज हुने दिक्षान्तमा दक्षिण कोरियाबाट प्रमुख अथिती प्रध्यापक क्यान ग्यु लीको उपस्थीती रहने भएकोृ छ । विद्यार्थी संख्या धेरै भएकाले त्रिविले दिक्षान्त समारोह दशरथ रंगशालामा आयोजना गर्ने भएको छ ।