सहमति नभए प्रक्रियाबाटै संविधान : मन्त्री बस्नेत

पुष १३, भक्तपुर-उद्योग मन्त्री महेश बस्नेतले सहमति नभए प्रक्रियाबाटै भए पनि माघ ८ मै संविधान जारी हुने बताएका छन्  । युवा सङ्घ नेपाल भक्तपुरको आठाँै जिल्ला अधिवेशनको आज समापन कार्यक्रममा नयाँ पदाधिकारीलाई बधाई दिँदै उहाँले संविधान जारी गर्ने मिति माघ ८ बाट पर नजाने बताएका हुन् । मन्त्री बस्नेतले माघ ८ भित्रै संविधान जारी गर्न सहमतिको प्रयास भइरहेको छ, सहमतिबाटै संविधान जारी गर्ने हो, सहमति हुन नसके प्रक्रियाबाटै भए पनि संविधान जारी हुन्छ, संविधान जारी गर्ने मिति माघ ८ भन्दा उता नजाने दाबी गरेका छन् । एनेकपा माओवादी र मधेसी मोर्चासँग सहमतिका लागि प्रयास जारी रहेको बताउँदैे सहमतिबाट कोही पनि भाग्न नहुने औँल्याउनुभयो । एमाओवादी र मधेसी मोर्चाले आन्दोलनको घुर्की देखाएर काँग्रेस, एमालेलाई तर्साएर आफूले भनेका सबै मुद्दामा सहमति गराउँछौँ भन्ने सोचेको भए त्यो कदापि पूरा नहुने उनको भनाइ छ । उनले सहमतिबाट भागेर संविधान निर्माण प्रक्रिया बिथोल्न खोजे त्यसको जवाफ जनताले दिने टिप्पणी गर्दै मन्त्री बस्नेतले सहमतिबाट भागे प्रक्रियाबाटै संविधान बनाउने बताए ।