सहमति नभए प्रक्रियाबाटै संविधान : एमाले

पुष १३,काठमाडौँ-संविधानसभाको दोश्रो ठुलो दल नेकपा एमालेले संविधानका विबादित विषय र  अन्तरवस्तुमा सहमतिको सम्भावना कमजोर बन्दै गएको निष्कर्ष निकालेको छ । उसले दलहरुले संविधान जारी गर्ने भनेको मिति नजिकिँदै जाँदा पनि सहमती हु
ने लक्षण नदेखिएको भन्दै प्रक्रियामा गएर छिनोफानो गर्दा समयमा संविधाल ल्याउने बताएको  छ ।

एमाले स्थायी कमिटीको आजको बैठकमा चार दलीय कार्यदलका सदस्य समेत रहेका उपाध्यक्ष भीम रावलले कार्यदलको छलफलका विषयमा जानकारी गराएपछि एमालेले त्यस्तो निस्कर्ष निकालेको हो ।

कार्यदलमा पनि एमाओवादी मधेसी मोर्चाले सहमतिको लागि कुनै प्रस्ताव ल्याउनुको साटो बहुमतीयबाट संविधान बनाउन खोजे बहिस्कार गर्ने धम्की दिएको रावलको भनाइ थियो । बैठकमा अध्यक्ष केपी ओलीले हालसम्म भएका छलफलहरुको बारेमा जानकारी गराएको एमालेले जनाएको छ ।