वैशाख १ गतेदेखि काठमाडौं उपत्यकालाई प्लास्टिक झोलामुक्त घोषणा गर्ने तयारी

पुस १३,काठमाडौं – विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयले आउँदो वैशाख १ गतेदेखि काठमाडौं उपत्यकालाई प्लास्टिक झोलामुक्त घोषणा गर्ने तयारीलाई तिब्रता दिएको छ । मन्त्रालयले यस घोषणालाई कार्यान्वयन गर्न वातावरण संरक्षण ऐन, २०५३ मा भएका प्रावधानको प्रयोग गर्ने जनाएको छ । प्लास्टिकको झोलाले वातावरणमा नकारात्मक प्रभाव पारेको र मानव स्वास्थ्यलाई समेत प्रभावित पारेको भन्दै मन्त्रालयले सबै क्षेत्रलाई अभियानमा सहयोग गर्नसमेत आग्रह गरिएको छ ।

प्लास्टिक झोला नियन्त्रणका लागि चेतना अभियान सञ्चालन गर्ने, साधन र स्रोतको उचित परिचालन गर्ने, निजी क्षेत्रका प्रतिनिधि र सरोकारवालासँग छलफल गरेर अगाडी बढ्ने मन्त्रालयर्को तयारी समेत रहेको छ ।