बाल लघुशिविर संचालन हुने

पुस १३,काठमाडौं – स्कूलमा हुने जाडो विदालाई लक्षित गरेर अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्र शखमूलले बाल लघुशिविर संचालन गर्ने भएको छ । बालबालिकालाई सानैदेखि सत्यको बाटोमा लैजान सकेमा उनीहरु जिम्मेवार व्यक्ति बन्न सक्ने भन्दै भावना केन्द्रले लघुशिविर आयोजना गर्न लागेको जनाएको छ । आउँदो पुस १९ गतेदेखि २५ गतेसम्म बालकहरुको लागि शिविर संचालन हुने केन्द्रले जानकारी दिएको छ । त्यस्तै पुस २५ देखि माघ १ गतेसम्म नयाँ खालको शिविर संचालन गरिने भएको छ । शिविका लागि अहिलेसम्ममा एक सय बालबालिकाको नाम दर्ता भइसकेको केन्द्रका बाबुरत्न डंगोलले जानकारी दिनु भयो ।

शिविरमा ९ वर्ष देखि १६ वर्षसम्मका बालबालिकाले भाग लिन पाउनेछन् ।