‘द इन्टरभ्यू’ फिल्मका कारण उत्तर कोरिया र अमेरिकाबीच तनाव बढ्दै

पुस १३,काठमाडौं – विवादमा परेको ‘द इन्टरभ्यू’ फिल्मका कारण उत्तर कोरिया र अमेरिकाबीच तनाव बढ्दै गएको छ । तनावकै कारण उत्तर कोरियाले अमेरिकी राष्ट्रपति बराक ओबामालाई जंगली बाँदरको संज्ञा दिएको छ ।

उत्तर कोरियाको राष्ट्रिय रक्षा आयोगले अमेरिकी राष्ट्रपति ओबामालाई ‘जंगलको यस्तो बाँदर जो जतिबेलै उल्झनमा हुन्छ कि अब के गरौँ भनेर’ भन्दै टिप्पणी गरेको छ । उत्तरले विवादित फिल्म द इन्टरभ्यू रिलिज हुनुमा पनि ओबामाको हात रहेको जनाएको छ । उसले आङ्खनो देशमा इन्टरनेट सेवा ठप्प हुनुमा पनि अमेरिका दोषी भएको दावी गरेको छ ।

फिल्ममा युवा नेता किम जोङ उनको प्रतिष्ठा र आत्म सम्मानमा ठेस पुर्याएको तथा अतंकवादलाई प्रोत्साहन दिएको उत्तर कोरियाले आरोप पनि लगाएको छ ।