मानवअधिकार पत्रकार सङ्घमा शङ्कर

पुस १३,काठमाडौं – मानवअधिकार पत्रकार सङ्घ(हुर्जा)को चौथो अधिवेशनले छत्र शङ्करको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । सङ्घको अधिवेशनले उपाध्यक्षमा ‘हिमालय टेलिभिजन’का विश्वनाथ भट्टराई, महासचिवमा ‘नेपाल न्युज डट कम’का किशोरकुमार पौडेल र कोषाध्यक्षमा ‘राष्ट्रिय समाचार समिति’का कालिका खड्कालाई चयन गरेको छ । यस्तै सदस्यमा ‘हिमाल खबर’ साप्ताहिकका मीना शर्मा, ‘रिपब्लिका अनलाइन’का टीकाश्वरी राई र ‘कान्तिपुर दैनिक’का निमेषजङ राई चयन हुनुभएको छ । हुर्जाले २०६१ सालदेखि मानवअधिकार उल्लङ्घनविरुद्ध सञ्चार अभियान चलाउँदै आएको छ