तराईमा एक सातादेखि शितलहर शुरु, बाक्लो हुस्सुका कारण जनजीवन प्रभावित

पुस १२, काठमाडौं- पश्चिम तराईमा एक सातादेखि शुरु भएको शितलहर बाक्लो हुस्सु तथा कुहिरोका कारण जनजीवन प्रभावित भएको छ । शितलहर र बाक्लो कुहिरोका कारण रुपन्देहीको भैरहवालगायत दक्षिण पश्चिम ग्रामिण भेगमा अत्याधिक चिसो बढेको छ । जाडो बढेसँगै भैरहवा तथा अन्य ग्रामिण बस्तीका चोक चोकमा दाउरा बालेर आगो ताप्नेको संख्या बढेको छ । चिसो र शितलहरका कारण स्कुलमा विद्यार्थीको संख्यामा कमी आएको छ भने सरकारी कार्यालयहरुमा सेवाग्राही समेत कम देखिन थालेका छन् । बाक्लो कुहिरो र हुस्सुका कारण यातायात समेत तुलनात्मक रुपमा कम चलेका छन् । बाक्लो कुहिरोका कारण भैरहवा काठमाडांै क्षेत्रको हवाई उडान समेत प्रभाबित हुने गरेको छ ।