तमू ल्होछारको अवसरमा आठजना पत्रकार सम्मानित साथमा तमू पुस्तकको लोकार्पण

पुस १२, काठमाडौं- तमू ल्होछारको अवसरमा तमू संचारकर्मी संघ नेपालको आयोजनामा तमू पत्रकारिता पुरस्कार वितरण गरिएको छ । तमू पत्रकारिता पुरस्कारबाट यस वर्ष आठ जना प्रदान गरिएको छ । यो वर्षको पूर्वप्रधानसेनपाति छत्रमानसिंह गुरुङ तथा श्रीमती कमला गुरुङ पत्रकारिता पुरस्कारबाट सगरमाथा टेलिभिजनका समाचार सम्पादक गणेशमान गुरुङ तथा गैर जनजातिमा कान्तिपुर दैनिकका राजनीति ब्यूरो प्रमुख सरोजराज अधिकारीलाई जनही १० हजार रुपैया“ तथा सम्मान पत्रद्वारा सम्मानित गरिएको छ । यसैगरी सुश्री भद्राकुमारी घले पत्रकारिता पुरस्कारबाट रेडियो गण्डकी कास्कीकी रोशनी तमू तथा कालिका एफएम चितवनकी कमला गुरुङ जनही पाच हजार रुपैंया र सम्मानपत्रबाट सम्मानितत भएका छन् ।

सीआइ टेकबहादुर गुरुङ तथा श्रीमती रसकुमारी गुरुङ पत्रकारिता पुरस्कारबाट रेडियो देवदहका समाचार प्रमुख भिमप्रासद गुरुङ तथा नेपाल टेलिभिजनका समाचार सम्पादक बद्रीकाजी गुरुङ जनही पाच हजार एक रुपैंया र सम्मानपत्रबाट सम्मानित भए । यसैगरी लक्ष्मी गुरुङ पत्रकारिता पुरस्कारबाट एबीसी टेलिभिजनका समाचार सम्पादक मनीराज गुरुङ १० हजार एक रुपैंया तथा सम्मानपत्रद्वारा सम्मानित भएका छन् । र आदिकवि हर्कबहादुर गुरुङ स्मृति पत्रकारिता पुरस्कारबाट १० हजार एक रुपैंया र सम्मानपत्रसहित गोरखापत्र दैनिकका तमू भाषा सहसंयोजक रवन तमू सम्मानित भएका छन् । पुरस्कार श्रम तथा रोजगारमन्त्री टेकबहादुर गुरुङले प्रदान गर्नुभएको थियो । पुरस्कार वितरणसंगै तमू संचारर्कीले प्रकाशन गर्ने वर्ष पुस्तक (गुरुङन्यूज डटकम) को सामुहिक रुपमा लोकार्पण भएको छ ।