ग्यास अभाव अन्त्य हुन अझै एक साता लाग्ने

काठमाडौँ-पछिल्लो साता बजारमा देखिएको खाना पकाउने ग्यासको अभाव पूर्ण रुपमा अन्त्य हुन अझै एक हप्ता लाग्ने नेपाल आयल निगमले जनाएको छ। पछिल्ला दिनहरुमा खाना पकाउने ग्यासको अभाव चर्किंदै गएको थियो  । भारतबाट हुने आयातमा केही दिन यता देखिएको समस्याका कारण अभाव श्रृजना भएको निगमको भनाई छ । नेपालले ग्यास ल्याउने भारतको बरौनी डिपोमा मर्मतको कामले आपूर्तीमा अवरोध उत्पन्न भएको थियो। बरौनीकै जति परिमाण हल्दियाबाट आउन नसक्दा अभाव देखिएको थियो, मर्मतपछि बरौनीले तेल दिन शुरु गरि सकेकाले एक हप्ताभित्र ग्यासको अभाव हटेर जाने नेपाल आयल निगमका प्रवक्ता   मुकुन्द घिमिरेले बताए । निगमका अनुसार त्यसको सट्टा हल्दिया डिपोबाट आवश्यक परिमाणमा ल्याउन सकिएको थिएन।