हात्ती महोत्सवमा आज हात्तीको पिकनिक

चितवन-सौराहामा सुरु हात्ती महोत्सबमा आज हात्तीहरुलाई मन पर्ने परिकार खुवाएर पिकनिक कार्यक्रमको आयोजना हुँदैछ । जुन चितवन हात्ती महोत्सव भरीकै आकर्षणको रुपमा रहेको आयोजकले क्षेत्रिय होटल संघले जनाएको छ । एकसय ६० मिटर लामो निर्माण गरिएको टेवलमा करिब एकसय वटा हात्तीलाई लाईनमा राखेर हात्तीले मन पराउने उखु, गाजर, काउली, बन्दालगायतका खानेकुरा खुवाईनेछ । हात्ती महोत्सव अन्र्तगत आज हात्ती दौड प्रतियोगिता, हात्तीका छावाहरुबीचको फुटवल, टाँगा दौड, गाढा दौड, डुङ्गा दौड, हात्ती सुन्दरी प्रतियोगिता हुनेछन् । हिजो उद्घाटनका दिन १० वटा हात्तीबीच प्रतिस्पर्धा गराईएकोमा ६ वटा हात्ती दोश्रो चरणमा प्रवेश गरेका छन् । आज वाँकी १० वटा हात्तीबीच प्रतिस्पर्धा हुँदैछ । बाघमारा चौरमा जारी महोत्सव यही पुष १५ गते सम्म चल्नेछ ।