कट्रिना र रणवीरको नयाँ वर्ष लन्डनमा

एजेन्सी -बलिउडमा प्रेम सम्बन्धमा रहेका तर अविवाहित प्रेमजोडीको कुरा गर्दा रणवीर कपुर र कट्रिना सैफको सधै चर्चा हुन्छ । पछिल्लो समय लिभिङ टुगेदर सुरु गरेको भनिएको यो जोडीले रोमान्सका लागि कुनै कसर बाँकी राख्दैन ।
कहिले समुन्द्री किनारमा अर्धनग्न अवस्थामा बिन्दास भएर रमाउने त कहिले विवाह नभइ हमिनुन कटेज पुग्ने यो जोडीले नयाँ वर्ष २०१५ लन्डनमा मनाउने भएको छ । चाँडै विवाह गर्ने चर्चा चलिरहेका बेला नयाँ वर्षको बहानामा यो जोडी लन्डन जानुलाइ  महत्वका साथ हेरिएको छ ।