नेपाल सरकारले ओमानसँग हवाई सेवा सम्झौता गर्दै

पुस १२, काठमाडौं- नेपाल सरकारले ओमानसँगको हवाई सेवा सम्झौता एएसए पुनरावलोकन गर्ने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई नेपाल र ओमानबीच हवाई सेवा सञ्चालनका लागि  समझदारी पत्रमा हस्ताक्षर गर्न अनुमति दिएको हो ।

सरकारले गरेको यो निर्णय ओमानसँग औपचारिक रुपमा छलफल गरेर मात्रै सम्झौता पुनरावलोकन हुने मन्त्रालयका उपसचिव प्रमोद नेपालले बताएका छन् । उनका अनुसार मन्त्रालयले दुइपक्षीय सम्झौताबाट एएसए पुनरावलोकन गर्न लागेको हो।

ओमानले हाल नेपालमा दैनिक एक उडान गर्दै आएको छ। ओमानबाट उडान गर्दै आएको वायुसेवाले काठमाडौंको उडान क्षमता बढाउन खोजेकोले पनि हवाई सेवा सम्झौता हुन लागको उनले बताए ।

नेपाल र ओमानबीच सन् ९१९७ को डिसेम्बर २ मा पहिलोटक हवाई सेवा सम्झौता भएको थियो। ओमानले मस्कटबाट सातामा १४ सय र वार्षिक ७२ हजार आठसय यात्रु बोक्न पाउने गरी हवाई सेवा सम्झौता गरेको थियो। सम्झौताको लागि मन्त्रालयबाट आउँदो शनिबार एक टोलि ओमान जाँदै छ।