बढ्यो नेपालीको आयु

पुस १२, काठमाडौं-विगत २५ वर्षयता विश्वभरिका मानिसको औसत आयु ६ वर्षले बढेको छ ।  नेपालीको उमेरचाहि १२ वर्षले बृद्धि भएको छ । नाइजेरिया, इथियोपिया, पूर्वी टिमोर, माल्दिभ्स, रुवान्डा, इरानका नागरिक पनि यही दरमा दीर्धजीवी भएका छन् । मेडिकल जर्नल लान्सेटमा प्रकाशित यो अध्ययन ग्लोवल बर्डेन अफ डिजिज २०१३ को आकलनमा आधारित छ । बिकसित देशमा क्यान्सर र अल्पविकसित वा अति कम विकसित देशमा औंलो, क्षयरोग, झाडापखालाका कारण हुने गरेका मृत्युमा कमी आएकाले औसत आयुमा बृद्धि भएको हो । कान्तिपुर दैनिकमा समाचार छ ।