एमाले सभासदद्वारा नेम्बाङलाई खुट्टा नकमाउन ध्यानाकर्षण

पुस १२, काठमाडौं-एमालेका सभासद्हरुले माघ ८ भित्रै सविधान निर्माणका लागि दर्‍हो ढंगले प्रस्तुत हुन संविधान सभा अध्यक्षको ध्यानाकर्षण गराएका छन् । संविधान निर्माणका  लागि दवाव अभियान थालेका एमाले सभासद्हरुले शुक्रबार अध्यक्ष सुवास नेम्बाङलाई भटेर नियमावलीको प्रक्रिया अघि बढाउन भनेका छन् ।
उनीहरुले नियमावलीले अध्यक्षलाई दिएको अधिकार प्रयोग गर्ने सवालमा पछि नहुट्न नेम्बाङलाई आग्रह गरेका छन् । सभासद्हरु प्रकाश ज्वाला, भानुभक्त ढकाल, गंगालाल तुलाधर, यज्ञराज  सुनुवार, गरिमा शाह, कृष्णभक्त पोखरल, कर्ण थापा, राजन भट्टराई लगायगतका झण्डै डेढ दर्जन सभासद्ले शुक्रबा नेम्बाङलाई भेटी लिखितै सुझाव दिएका छन् । कान्तिपुर दैनिकमा समाचार छ ।
माघ ८ मा संविधान नबने मुलुक झन् दुर्घटना पर्ने भएकाले जो जसको जे भूमिका छ त्यसलाई बुझेर अघि बढ्न उनीहरुले आग्रह गरेका छन् ।  भेटमा अध्यक्ष नेम्बाङले  आफूले समयमै  संविधान जारी गर्नका लागि पहल गर्ने प्रतिक्रिया दिएका थिए ।