विप्लवलाई ‘सशस्त्र युद्ध’को धङ धङी चढेपछि

पुस ११, काठमाडौँ – मोहन बैद्यको माओवादीबाट नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले आयोजना गरेको आमसभामा नेताहरुले आफूहरु फेरि सशस्त्र युद्धमा फर्कन तयार रहेको बताएका छन् । काठमाडौंको खुल्लामञ्चको सभालाई सम्बोधन गर्दै नेता धमेन्द्र बाँस्तोलाले १५ हजार सपुतको रगतलाई अपमान गरे आफू प्रतिबद्ध रहेको बताएका छन् । नेपाली कांग्रेसको नेतृत्वमा संसदवादीहरु यति बेला विगतका सम्झौताहरुलाई उल्लंघन गरेर जनतालाई प्रतिगामी शासन थोपार्न खोज्दै छन्,’ उनले भने । यसो भएमा हतियार उठाउनुको विकल्प नभएको उनले जिकिर गरे । कार्यक्रममा बोल्दै अन्य युवानेताहरुले अब युवाहरुले देश र क्रान्तिको नेतृत्व गर्ने भन्दै उनले ‘अब कपाल फुलेकाले होइन, युवाहरुले क्रान्ति’ गर्ने दाबी समेत गरे ।