प्रचण्डले गर्जीदै भने हामीलाई टुक्राएर सिध्याउने षड्यन्त्र भइरहेको छ

पुस ११, काठमाडौँ – एमाओवादीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले कम्युनिष्ट एकजुट हुनुको विकल्प नभएको बताएका छन् । १२१ औं माओ दिवसको अवसरमा पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गदै प्रचण्डले मोओवादीबाट विभाजित भएका सबै नेता र कार्यकर्ताहरुलाई एउटै केन्द्रमा आउन सो अपिल गरेका हुन् । अध्यक्ष प्रचण्डले कम्युनिष्ट सबै एकताबद्ध बन्नु नै माओप्रति सच्चा श्रद्धान्जली हुने बताए ।

उनले १० वर्षे नेपाली जनयुद्धका सहयात्री आज माओ दिवसका दिन विभिन्न समुहमा विभाजित हुनु दुःखको कुरा भएकमो औँल्याए । यही अवसरमा उनले पहिले माओवादीहरु नै एकजुट हुनुपर्ने र संसारभरका कम्युनिष्ट नै एक जुट हुनुपर्ने औँल्याए । उनले अहिले प्रतिक्रियावादीहरु माओवादी आन्दोलनलाई टुक्राटुक्रा पारेर सिद्धाउन लागेको आरोप लगाए । ‘कम्युनिष्ट पार्टीहरुलाई टुक्राएर सिध्याउने षड्यन्त्र भइरहेको छ । अब सबै जना यसबाट सचेत बन्ने अवस्था आएको छ,’ प्रचण्डले भने । उनले जुट्नुपर्छ भनिरहँदा उनकै पार्टी ९ बर्षमा ५ भन्दा बढी टुक्रामा विभाजित भइसकेको छ ।

छिमेकी चीनको हुनान प्रान्तको साओसानमा आजकै मितिमा अर्थात् सन् १८९३ डिसेम्बर २६ मा माओ–त्से तुङको जन्म भएको थियो । माओ चिनियाँ कम्युनिस्ट पार्टीका स्थापकमध्ये एक थिए ।