बस र जिप ठोक्किँदा २ जनाको मृत्यु, ५ घाइते


पुस ११, सिन्धुली- बिपी राजमार्ग अन्र्तगत सिन्धुलीमा जिप र बास ठोक्किँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ५ जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा जिपमा सवार सिन्धुली कममलामाई नगरपालिका वडा नम्बर ३ का १३ वर्षीया मार्सल थिंग र कमलामाई नगरपालिका वडा नम्बर ७ का ४५ वर्षीय बुद्धीवीर माझी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सिन्धुलीबाट महोत्तरीको बदिर्वासतर्फ जाँदै गरेको बस र विपरित दिशाबाट आइरहेको जिप ठोक्किएर दुर्घटना भएको हो । घाइतेहरुको जिल्ला अस्पताल सिन्धुलीमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौं ल्याइएको छ । घाइते मध्ये २ जनाको अवस्था गम्भिर रहेको बताइएको छ ।