आगलागीबाट एक करोड बढीको क्षति

पुष ११,इलाम – इलामको पश्चिमी जीतपुर र साङरूम्वा गाविसको बीचमा पर्ने जीतपुरे बजारमा गएराती आगलागी हुँदा करिब एक करोड भन्दा बढीको क्षति भएको छ । आगलागीबाट कर्णबहादुर मगरको रु ५० लाख भन्दा बढी, तिलबहादुर र राम तामाङको रु ३०÷३० लाख भन्दा बढी क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । कर्णबहादुर र रामको घरमा सामान्य होटल किराना तथा तिलबहादुरको किराना पसल रहेका थिए ।

कर्णबहादुरको घरबाट एक्कासी करेन्ट सर्ट भई आगलागी हुँदा राम तामाङ र तिलबहादुर तामाङको घर जलेर नष्ट भएका हुन् । आगलागीबाट घरबारबिहीन बनेका पीडित छिमेकीको शरणमा बसेका छन् । पीडितलाई नेपाल रेडक्रस सोसाईटीले राहत सामग्री वितरण गर्ने जनाएको छ ।