चन्द पक्षको माओवादीको खुल्ला मञ्चमा जनशभा

पुष ११, काडमाडौँ- वैद्य नेतृत्वबाट विभाजित भई निर्माण भएको नेकपा माओवादीको जनशभा काठमाडौँको खुल्ला मञ्चमा जारी छ । उपत्यका विभिन्न ठाउँबाटबाट नाराजुलुस सहित शक्ती प्रदर्शनका साथ शुरुभएको जनशभामा पार्टीका प्रमुख नेत्रविक्रम चन्दले वर्तमान राजनीतिक अवस्थमा केही नया कुराको घोषणा गर्ने भएका छन ।

नेकपा माओवादीबाट विभाजित हुँदै आएको चन्द नेतृत्वको माओवादी मुलुकको आमुल परिर्वतन गर्न जनताले चाहेको जस्तो संविधान निर्माण गर्न अहिलेको संसदवादी दलहरुले नसक्ने भन्दै कडा आन्दोलनकोे माध्ययबाट मात्र राम्रो संविधान बनाउन सकिने तर्क अगाडी सार्दै आएको छ । आजको कार्यक्रमबाट माओवादीले शान्ति पुर्ण आन्दोलन गर्ने की हतियारशहितको शशस्त्र आन्दोलन गर्ने भन्ने बारेमा समेत आज केही नयाँ घोषणा गर्न सक्ने बुझिएको छ ।